fbpx

पत्रपत्रिकामा देश : कागजात लुकाउन सक्ने माथि छापा, सबै मेडिकल कलेजमाथि छानविन जारी

विराटनगर २ मंसिर । मेडिकल कलेजले तोके भन्दा बढी लिएको रकम ९ मंसिरभित्र फिर्ता नगरे पक्राउ गरि ठगी मुद्धा चलाइने समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

मेडिकल माफिया विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समेत आक्रोषित भएका छन् । उनलेपनि बढी लिएको रकम फिर्ता गराइ छाड्ने बताए । १४ वटै मेडिकल कलेजका सञ्चालक सम्पत्ति शुद्धीकरणको छानविनमा रहेको नयाँ पत्रिकाले समाचारमा लेखेको छ । चितवन मेडिकल कलेज, नोबेल मेडिकल कलेज र नेसनल मेडिकल कलेज वीरगञ्जमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार छापा मारेको छ ।

कागजपत्र लुकाउने सम्भावना रहेको मेडिकल कलेजमाथि छापा मारिएको श्रोतले जनाएको छ । राष्ट्रिय सतर्कता केन्द्रले ती मेडिकल कलेजहरुले तीन वर्षमा तीन अर्ब रुपैयाँ ठगी गरेको प्रतिवेदन तयार पारेको छ ।

मन्त्रिपरिषद आंशिक फेरबदल हुने शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्रीहरुलाई मात्रै हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

आइतबार बसेको नेकपा सचिवालयको बैठकमा केही मन्त्रीहरु हेरफेर गर्ने सहमति भएको एक सचिवालय सदस्यले बताए । मन्त्रीहरुको काम हेरेर राख्ने विदाई गर्ने भन्ने निर्णय लिन प्राय सबै सदस्यले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । यो विषयमा धेरै हल्ला गर्न पनि आवश्यक नरहेको ती सदस्यले भने ।

एसएसबीको ज्यादती सन्दकपुर डाँडा जान र तस्विर खिच्न रोक शिर्षकमा नागरिक दैनिकमा समाचार छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाईमा रहेको क्षेत्र)को भ्यू पोइन्टमा जान पर्यटकहरुलाई निषेध गरेको छ ।

एसएसबीले तीन देशको हिमाल हेर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्विर खिच्न निषेध गरेको बोर्ड त्यहाँ राखेको छ । यसअघि चुचुरोमा जान, घुम्न, तस्वीर खिच्न यस्तो निषेध गरेको थिएन् । अहिले तस्विर खिचे डिलिट गर्न समेत लगाउने गरेको छ ।

Loading...