fbpx

पत्रपत्रिकामा प्रदेश : छ लेन सडकमा महानगरको असहयोग

विराटनगर २ मंसिर । विराटनगरको महेन्द्र चोक र रोडशेष चोकको पञ्चायत स्तम्भले रानी विराटनगर इटहरी धरान ६ लेन सडक विस्तारमा अवरोध पुर्याएको छ ।

महानगरपालिकाले चोक खाली नगर्दा सडक विस्तारको काम हुन सकेको छैन् । यो समाचार आजको जनविद्रोह दैनिकमा छ । र्कसहितको पञ्चायत स्तम्भ र महेन्द्र चौक राख्दा सडक साँघुरो भएको छ । विराटनगर बरगाछीदेखि महेन्द्र चोकसम्म ३० मिटर सडक बनिरहेकोमा यी दुई चोकले १५ मिटर सडक क्षेत्र ओगटेको छ । यी दुई चोक र महानगरको स्वागतद्वार हटाउन विराटनगर महानगरपालिकालाई लिखित रुपमा रानी विराटनगर इटहरी धरान सडक परियोजनाले गत जेठमा नै पत्र लेखेको थियो । तर महानगरले सहयोग नगर्दा काम रोकिएको हो ।
आचार संहित उल्लङ्घन गर्दै दलहरु शिर्षकमा ब्लाष्ट टाइम्सले खबर छापेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा दलहरुले आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । आइतबार धरान १५ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले अहिलेदेखि नै आचार संहिता उल्लङ्घन हुन थालेको बताए । चुनाव प्रचारप्रसारको क्रममा आचार संहिता विपरित टाँगिएका पोष्टर, व्यानर प्रहरीले उक्काएर ल्याउनु परेको उनको भनाई छ । आचार संहिता विपरित धरान ८ भोटेपुलमा एउटा दलको अगुवाईमा सडक निर्माण थालिएको नेकपाका धरान अध्यक्ष नारायण सुवेदीले बताए ।
निर्वाचन अधिकृतले आचार संहिताबारे जानकारी गराउँदै मौन अवधि सुरु भएपछि आगमी ११ गतेदेखि निर्वाचन चिन्ह अंकित भेष्टसमेत लगाउन नपाइने बताए । धरानमा मेयर पदमा उपनिर्वाचन हुँदैछ ।

रंगेलीमा धामाधम पूर्वाधार शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । मोरङको पुरानो सदरमुकाम रंगेलीमा विकास निर्माणको काम धमाधम हुन थालेपछि स्थानीय उत्साहित बनेका छन् । व्यवस्थित बजार बनाउन एक सय वर्ष पुराना घरहरु धमाधम भत्काउन थालिएको छ । बजार क्षेत्रमा ढल र सडक विस्तारको काम हुन थालेको हो । विराटनगरदेखि झापाको भद्रपुरसम्म र कानेपोखरीदेखि रंगेली हुँदै भारतीय सीमासम्म जाने सडक धमाधम निर्माण हुँदै छ ।

Loading...