fbpx

युरो कप छनौट : इंग्ल्याण्डको शानदार जित

विराटनगर, २ मंसिर । सन् २०२० मा आयोजना हुने युरो कप छनौट खेलमा इंग्ल्याण्डले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इंग्लयाण्डले कोसोभोाविरुद्ध ४–० गोलको शानदार जित निकालेको हो ।

कोसोभोको मैदानमा भएको उक्त खेलमा फ्रान्सलाई जिताउन ह्यारी विङ्स, ह्यारी केन, मार्कुस राष्फोर्ड, मसुन माउन्टले समान एक–एक गोल गरे । खेलको ३२औं मिनेटमा विङ्सको गोलमा इंग्ल्याण्डले अग्रता बनाएको थियो । यस्तै खेलको ७९औं मिनेटमा कप्तान केनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

gh

खेलको ८३औं मिनेटमा राष्फोर्डले गोल गर्दा खेलको इन्जुरी समयमा माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई ४–० गोलले जिताए । यस जितसँगै उसले समूह ‘ए’मा दोस्रो स्थानको चेक रिपब्लिकविरुद्ध फराकिलो अग्रता लिएको छ । यसअघि नै युरो कपमा छानिएको उसँग २१ अंक छ भने चेक रिपब्लिकसँग १५ अंक छ ।

Loading...