fbpx

ग्रिजम्यान र टोलिसोको गोलमा फ्रान्सको जित

विराटनगर, २ मंसिर । आगामी वर्ष हुने युरो कप छनौट खेलमा फ्रान्सले जित निकालेको छ । आइतबार राति भएको युरोकप छनोटको अन्तिम खेलमा फ्रान्सले अल्बानियाविरुद्ध २–० गोलको जित निकालेको हो ।

अल्बानियाको मैदानमा भएको उक्त खेलमा फ्रान्सलाई जिताउन कोरेन्टिन टोलिसो र एन्टोइन ग्रिजम्यान समान एक–एक गोल गरे । खेलको आठौं मिनेटमा टोलिसोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए भने ३१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

त्यसपछि बाँकी समय गोल नहुँदा फ्रान्सले २–० गोलको जित निकालेको हो । यस जितसँगै फ्रान्स समूह ‘एच’को शीर्ष स्थानमा रहँदै युरोकपमा बलियो देखिएको छ । यसअघि नै युरो कपमा छानिएको उसले दोस्रो स्थानको टर्कीसंग दुई अंकको अग्रता लिँदै समूह चरणको प्रतिस्पर्धा अन्त्य गर्यो ।

Loading...