fbpx

नेपाल घुम्न आएका पाँच युक्रेनी नागरिक भारतीय क्षेत्रमा पक्राउ

भद्रपुर १ मंसिर । नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न पुगेका ५ युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ । खुला सिमानाको कारण झुक्किएर उनीहरु भारतीय भूभागमा पुगेका हुन् । भारतीय क्षेत्र बिहारको किसनगञ्जबाट उनीहरुलाई एसएसबीले पक्राउ गरेको हो ।

झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ । शुक्रबार घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर अलमलिँदै १०० मिटर टाढा भारतीय भू–भाग कादोगाउँ पुगेका थिए । कादोगाउँमा एसएसबीका जवानले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय पक्षसँग आग्रह गरेको छ ।

Loading...