fbpx

गोरुले हान्दा एक वृद्धाको मृत्यु

संखुवासभा १ मंसिर । संखुवासभाको गोरुले हान्दा एक वृद्धाको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका—११ हरेलोमा गोरुले हान्दा ७३ वर्षीया वृद्धा फुर्वा शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले शनिबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।

शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

Loading...