fbpx

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

श्रीलंका १ मङ्सिर । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार पूर्व रक्षामन्त्री गोताबाया राजापाक्षे निर्वाचित भएका छन् ।

झण्डै दश बर्ष अघि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका निभाएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत ल्याएका छन् । उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजित प्रेमादासलाई पराजित गरे । गोताबाया पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति थिए । सोही कार्यकालमा गोताबाया रक्षाामन्त्री थिए । निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए ।

राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिदै आएका छन् । प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

Loading...