fbpx

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ १ मंसिर । खोटाङमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । खोटाङको रावावेशी गाउँपालिका ३ मा भएको ट्याक्टर दुर्घटनामा निङ्मा तामाङको मृत्यु भएको हो ।

शनिवार अपरान्ह पौने ५ बजे रावावेशी गाउँपालिका ३ जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका ४ का १८ वर्षीय तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका उनको उपचारको लागि हलेशी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

Loading...