fbpx

लायन्स क्लब अफ विराटनगर योङहर्टमा नयाँ नेतृत्व

विराटनगर,१ मंसिर । लायन्स क्लब अफ विराटनगर योङहर्टको अध्यक्षमा सुजन थापा चयन भएका छन् । अध्यक्ष सनातन मण्डलको एक वर्षे कार्यकाल सकिएपछि सुजन अध्यक्षमा चयन भएका हुन् ।

शनिबार एक कार्यक्रम गरी मण्डलले थापालाई पदभार हस्तान्त्रण गरे । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्स ३२५ ए वानका गर्भनर राजन खत्रीले नयाँ अध्यक्षलाई पदभार ग्रहण गराएका थिए ।  नयाँ समितिकाे प्रथम उपाध्यक्षमा सन्तोष चौधरी र उपाध्यक्षमा यज्ञ खरेल छन् ।

नयाँ क्लब स्थापना

लायन्स क्लब अफ विराटनगर योङहर्टले थप दुईवटा क्लब स्थापना गरेको छ । लायन्स क्लब अफ विराटनगर ‘ह्वी सर्भ’ र लायन्स क्लब अफ विराटनगर ‘क्यापिटल सिटी’ गरी नयाँ दुई वटा क्लब स्थापना गरेको हो ।

चन्दना श्रेष्ठकाे नेतृत्वमा  गठन भएकाे क्लब ह्वी सर्भको सदस्यहरु महिला मात्र छन् । ह्वी सर्भको प्रथम उपाध्यक्षमा डाक्टर बसुधा खनाल, दितीय उपाध्यक्षमा सीमा कर्ण छन् । त्यस्तै क्यापिटल सिटीको अध्यक्षमा बिक्रम गुप्ता छन् । प्रथम उपाध्यक्षमा सन्तोष मेहता र सेक्रेटरीमा रहबर अली खान छन् ।

भ्रमण वर्षलाई सघाउँछौं

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्स ३२५ ए वानका गर्भनर राजन खत्रीले नेपालले मनाउने भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा लायन्स क्लब लाग्ने बताएका छन् । नयाँ क्लब स्थापना र पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन लायन्स क्लबहरुले आफ्नो सम्यन्त्रमा प्रचारप्रसार गर्दै विभिन्न कायक्रमको आयोजना गर्ने बताए ।

सामाजिक सेवामा क्रियशिल क्लबले सरकारकाे याेजनालाइ सफल बनाउन आन्तरिक तथा बाह्य रूपमा प्रचार प्रसार गर्ने उनले बताए । लायन्स क्लबको सञ्जाल विश्वभर छ । खत्रीले क्लबहरूका मार्फत विदेशमा पनि भ्रमण वर्षकाे प्रचार प्रसार गर्ने बताए । भ्रमण वर्षकै अवसरमा विराटनगरमा लायन्स क्लबले कन्भेन्सन आयाेजना गर्ने तयारी भइरहेकाे उनले बताए ।

Loading...