fbpx

सेवामा अझै सुधार गर्न प्रहरीलाई नागरिकको सुझाव

विराटचौक, १ मंसिर । जिल्ला प्रहरी मोरङले शनिबार सुन्दरहरैँचामा आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकहरूले प्रहरीमा अझै सुधार ल्याउन सुझाव दिएका छन् । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, प्रदेश प्रहरी प्रमुख ठाकुर ज्ञवालीलगायतको उपस्थितिमा सम्पन्न उक्त सुनवाई कार्यक्रममा प्रहरीले अझै पूर्ण रूपमा आफूमा सुधार ल्याइनसकेको नागरिकहरूले गुनासो गरेका थिए ।

केही सहभागीले दोषीलाई प्रहरीले निर्दोष बनाउन खोजेको आरोप लगाए भने केहीले नागरिकमाथि प्रहरीको व्यहारमा अझै सुधार आउन आवश्यक छ भनेका थिए । केहीले प्रहरीमा च्यान अफ कमान्ड बिग्रँदा नागरिकमैत्री हुन नसकेको चिन्ता गरे । कसैले चाँही भेटघाटमा रोक लगाउने गरेको गुनासो गरे ।

asf

जनप्रतिनिधिहरूले न्यायिक समितिलाई प्रहरीले कम सहयोग गर्ने गरेको खुलेआम विद्यालयहरूमा राजनैतिक गतिविधि भैरहँदा प्रहरी मुकदर्शक बनेको, सडक सुशासन कायम गराउन प्रहरी अझै पछि परिरहेको पनि बताए ।

सार्वजनिक सुनवाईमा प्रदेश सांसद, सुन्दरहरैँचा र बेलबारी नगरपालिका जनप्रतिनिधिहरू , स्थानीयबासी, नागरिक समाजका प्रनिनिधि र विद्यार्थीहरूको सहभागिता बाक्लो थियो । प्रहरीले आफ्नो कामकाजमा सुधार ल्याउँदै आफ्नो सेवालाई नागरिकमैत्री बनाउन सार्वजनिक सुनवाई कार्यक्रम गर्न थालेको हो ।

Loading...