fbpx

नेयमार रियल मड्रिडविरुद्ध खेल्न तयार

एजेन्सी, १ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारले च्याम्पियन्स लिगको खेल खेल्ने सम्भावना बढेको छ । केही समयअघि घाइते भइ मैदानबाहिर रहेका नेयमार निको भइ अभ्यासमा फर्किएपछि उनले रियल मड्रिडविरुद्ध खेल्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

पीएसजी र रियलबीचको खेल नोभेम्बर २६ मा हुँदैछ । च्याम्पियन्स लिगको समूह चरणअन्तर्गतको उक्त खेल रियलै खेल मैदानमा बेर्नाबेउमा हुनेछ । सो खेल खेल्नका लागि नेयमार पूर्ण रूपमा तयार हुने स्पेनिस मिडिया ‘मार्का’ले जनाएको छ । रियल र पीएसजीबीचको खेल २६ नोभेम्बर राति १ः४५ बजेबाट हुनेछ ।

af

त्यसअघि पीएसजीले लिग वानअन्तर्गत लिलेसँग खेल्नेछ । यो खेल भने आउँदो शुक्रबार राति १ः३० बजेबाट हुनेछ । पीएसजीकै मैदानमा हुने उक्त खेलबाट नै नेयमार मैदान फर्किन सक्ने जनाइएको छ । ब्राजिलियन स्टार गत अक्टोबरमा घाइते भएका थिए । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा घायते उनी केही समयदेखि मैदानबाहिर रहेका छन् ।

केही खेल गुमाएका नेयमार आफ्नो टोलीको प्रशिक्षणमा फर्किसकेका छन् । पीएसजीका प्रशिक्षक प्रशिक्षक थोमस टुचेलले नेयमार अर्को खेलका लागि पूर्ण रूपमा तयार भइसकेको र सो खेलबाट उनी मैदान फर्किए रियलविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्नेमा विश्वस्त छन् ।

Loading...