fbpx

अध्ययनको निष्कर्ष : भोकका कारण मानिसको निर्णय लिने क्षमतामा ह्रास

विराटनगर, १ मंसिर । भोकका कारण मानिसको ध्यान खाना र आफ्नो भोकमा मात्र हुने हुँदा गरिरहेको काम तथा कुनै काममा लिनु पर्ने निर्णयहरू गलतसमेत हुन सक्छ । भोकका कारण मानिसको सोच्ने तथा निर्णय लिने क्षमतामा ह्रास आउने गर्छ । उक्त कुरालाई स्कटल्याण्डको डुन्डी यूनिभर्सिटीमा गरिएको एक अनुसन्धानले साबित गरेको छ ।

कार्यालयमा कर्मचारीले सही समयमा ठीक फैसला लिन नसक्नु र धैर्य गुमाउनुको मुख्य कारण पेट भोको रहेको स्कटल्याण्डको डुन्डी यूनिभर्सिटीका अनुसन्धान टोलीले निष्कर्ष निकालेको हो । प्रमुख डाक्टर बेन्जामिन विन्सेटका अनुसार ५० व्यक्तिको सहभागितामा गरेको अध्ययनले भोकको अनुभूतिले मानिसको निर्णय लिने क्षमतामा ह्रास आउने गरेको पाइएको हो ।

यी ५० जना व्यक्तिलाई भोको पेट हुँदा र खाएर आएपछि खानपान, पैसा र पुरस्कारसँग सम्बन्धी प्रश्न गरिएको थियो । अध्ययन गर्ने क्रममा सामान्य रूपमा नियमित भोजन गर्नेहरूको धैर्य ३५ दिनसम्म कायम रहेको थियो भने भोजन नगर्नेहरूको धैर्य ३ दिन मै हरेएको थियो ।

भोको पेट हुँदा मानिसले कसरी र के सोच्छ र उनीहरूको व्यवहारमा के परिवर्तन आउँछ भन्ने जान्नु नै सोधको लक्ष्य राखेको विन्सेटले बताए । भोकले मानिसको प्राथमिकता नै परिवर्तन गर्ने हुँदा यसको सोझो असर मानिसले गर्ने निर्णयमाथि पर्न जाने गर्छ । यो प्रक्रिया ठूला मानिसहरूका साथै बालबालिकाहरूमा पनि लागू हुन्छ । साथै अत्याधिक डाइटिङ गर्ने, समयमा खाना नखाने व्यक्तिको निर्णय लिने क्षमता प्रभावित हुनुका साथै उनीहरूमा धैर्य राख्ने क्षमतामा कमी आउने गर्छ ।

Loading...