fbpx

आगलागीमा परी ठूलो संख्यामा चौपायाको मृत्यु, १५ लाखभन्दा बढीको क्षति

पर्सा, १ मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा आइतबार बिहान भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् ।

लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार धुनियाँको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवाको जलेर मृत्यु भएको हो ।

आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको उनले बताए । बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ । गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको छ । रासस

Loading...