fbpx

यदि मैले ब्राजिलबाट खेलेको भए अहिलेसम्म ब्राजिल १० पटक विश्वकप विजेता भइसक्थ्यो : रोनाल्डो

एजेन्सी, १ मंसिर । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्राजिलका स्टार डेनिलो मिल्ने साथी हुन् । स्पेनिस क्लब रियल मड्रिडमा एक साथ २ वर्ष खेलेका यी दुई हाल इटालियन क्लब युभेन्टसबाट एकसाथ खेल्छन् । रोनाल्डोकै आग्रहमा डेनिलो यसै सिजन युभेन्टस गएका हुन् ।

उनै डेनिलोले स्टार रोनाल्डोले ब्राजिलका विषयमा गरेको मजाक गरेका शेयर गरेका छन् । डेनिलोका अनुसार युभेन्टसको ड्रेसिङ रुममा रोनाल्डोले आफू ब्राजिलमा भएको भए ब्राजिलले थप पाँच वटा विश्वकपको उपाधि जित्ने बताएका थिए । हालसम्म ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितिसकेको छ । तर, रोनाल्डोका अनुसार यदि उनी ब्राजिलको टिममा भएको भए ब्राजिलले थप ५ पटक विश्व कपको उपाधि जित्ने थियो ।

af

डेनिलोले ‘डीएजेडएन’सँगको कुराकानीमा भनेका छन्, ‘मलाई थाहा छ कि रोनाल्डोले रियल मड्रिडलाई धेरै माथि उकासेका थिए र अब उनी युभेन्टसमा छन् । अब यहाँबाट पनि उनले आफ्नो कमाल देखाउने छन् । उनले मलाई ड्रेसिङ रुममा मजाक गर्दै भनेका थिए ः यदि, म ब्राजिलबाट खेलेको भए अहिलेसम्म ब्राजिल १० पटक विश्वकप विजेता भइसक्थ्यो ।’

३४ वर्षीय रोनाल्डोले आफ्नो राष्ट्रलाई २ वटा अन्तर्राष्ट्रिय उपाधि दिलाइसकेका छन् । उनले सन् २०१६ मा आफ्नो राष्ट्रलाई युरोपियन च्याम्पियनसिपको उपाधि दिलाएका थिए भने सन् २०१९ मा यूइएफए नेशन्स लिगको उपाधि दिलाएका थिए । उनले पोर्चुगलबाट १ सय ६३ खेल खेल्दा ९८ गोल गरेका छन् । यद्यपि, उनले पोर्चुगललाई विश्व कपको उपाधि भने दिलाउन सकेका छैनन् ।

पाँच पटक बालोन डी‘ओर जितेका रोनाल्डोले सन् २०२० मा हुने युरो कप छनौटअन्तर्गत लिथुनियाविरुद्ध ह्याट्रिक गरेका थिए । साबिकको विजेता पोर्चुगलले लिथुनियाविरुद्ध ६–० गोलको निकाल्दा रोनाल्डोल ३ गोल गरेका उनी युरोपियन च्याम्पियनसिप क्वालिफायर्सका सर्वाधिक गोल कर्ता बने । ३४ खेल खेलेका उनले ३० गोल गर्दै सर्वाधिक गोलकर्तामा नाम लेखाए ।

यस्तै रोनाल्डोले क्लब र राष्ट्रबाट आफ्नो करिअरको ५५औं ह्याट्रिक गरे । अब उनी सय गोल पुर्याउनका लागि २ गोलले मात्र पछि छन् । सोही ९८ गोलमा उनले ४० फरक राष्ट्रविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन् । आज पोर्चुगलले लक्जम्बर्गविरुद्ध खेल्दैछ ।

Loading...