fbpx

मेस्सीको व्यवहारबाट रिसाए सिल्भा, भने– ‘मेस्सीलाई शिक्षाको जरुरत छ’

एजेन्सी, १ मंसिर । ब्राजिलका कप्तान थियागो सिल्भाले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई शिक्षाको जरुरत भएको बताएका छन् । ब्राजिल र अर्जेन्टिनाबीचको सुपर क्लास खेलमा आफ्ना प्रशिक्षक टिटेमाथि नराम्रो व्यवहार देखाएको भन्दै कप्तान सिल्भाले मेस्सीलाई कटाक्ष गरेका हुन् ।

शुक्रबार भएको सो खेलमा मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको थियो । तर, सो खेलमा मेस्सी र ब्राजिलका प्रशिक्षक टिटेबीच खेल जारी रहँदा नै भनाभन परेको थियो । जसमा, टिटेलाई मेस्सीले ‘चुप लाग्न’ भनेका थिए । खेलपछि पत्रकारसँग बोल्दै टिटेले मेस्सीले आफूमाथि ‘हप्कीदप्की’ गरेको बताएपछि मात्र कप्तान सिल्भाले यस विषयमा थाहा पाएको बताए ।

sdf

पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार सिल्भाले पत्रकारसँग भने, ‘मैले यो विषयमा पछि जानकारी पाएँ । हो, टिटे खेल अगाडि बढाउन चाहन्थे तर, उनले सिटी बजेको मेस्सीले सुन्नु पर्ने हो । उनले जानीजानी हाम्रा दुई खेलाडी लडाए तर, रेफ्रीले उनलाई केही गरेनन् । म त्यसो हुँदा हाँसी मात्र रहेँ ।’

‘यो अत्यन्तै कठिन छ’, उनले थपे, ‘हामी शिक्षाका बारेमा धेरै कुरा मात्र गर्छौं तर व्यवहारमा लागू गर्दैनौं । म बुढो मान्छेलाई केही भन्दिँन किनकी म यसो गर्दा पागल जस्तै देखिनेछु । तर, एक बुढो प्रशिक्षकलाई चुप लाग् भन्नु मूर्खता हो । मेस्सीलाई शिक्षाको जरुरत छ । प्रतिस्पर्धी जो सुकै होस् पहिलो शिक्षाको आवश्यकता पर्छ ।’

af

अर्जेन्टिनाले ब्राजिलविरुद्ध १–० गोलको जित निकाल्दा मेस्सीले निर्णायक गोल गरेका थिए । शुक्रबार राति साउदी अरेबियाको रियादमा भएको उक्त खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीले खेलको १४औं मिनेटमा गोल गरेका थिए ।

मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए । सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए । मेस्सीले ७ वर्षपछि ब्राजिलविरुद्ध गोल गरेका हुन् । सन् २०१२ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेका मेस्सीले त्यसपछि पहिलोपटक ब्राजिलविरुद्ध गोल गरेका हुन् ।

Loading...