fbpx

लोकप्रियता बढेपछि बढ्यो कार्तिकको भाउ

विराटनगर, १ मंसिर । सन् २०११ मा प्रदर्शनमा आएको लब रञ्जन निर्देशित ‘प्यारका पञ्चनामा’ फिल्मबाट बलिउडका फिल्ममा डेब्यू गरेका अभिनेता कार्तिक आर्यन अहिले बलिउडका एकदम चर्चित र दर्शकहरूको लोकप्रिय बनेका छन् ।

‘प्यारका पञ्चनामा’पछि, दुई–तीन ओटा फिल्म गर्दा पनि फिल्मले बक्स अफिसमा खासै राम्रो कमाइ गर्न सकेको थिएन । सन् २०१८ मा प्रदर्शनमा आएको ‘सोनु कि टिटूकि स्वीटी’ ले कार्तिकलाई ठूला निर्देशकहरूले आफ्नो फिल्मका लागि अफर गर्न थाले । कार्तिक अभिनित ‘लुका छुपी’ पनि हिट भएपछि र आफ्नो बढ्दो लोकप्रियतालाई हेरेर आफ्नो फिस बढाउने फैसला गरेका छन् ।

उनले आफ्नो रेट बढाएर ७ करोड पुर्याएका छन् । फिल्मको कथाभन्दा पनि उनि फिल्ममा मात्र भएका कारण धेरै दर्शकहरू हलसम्म पुग्ने गरेको देखिन्छ । हिजोआज उनी ‘पति पत्नि और वो’ ‘भूल भुलैया’ र ‘लव आजकल–२’ मा व्यस्त रहेका छन् ।

Loading...