fbpx

नाइट क्लब जाने खेलाडीबारे अनुसन्धान गर्दै एन्फा

काठमाडौं, १ मंसिर । नाइट क्लब जाने नेपाली राष्ट्रिय टिमका चार खेलाडीको विषयलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक आज आइतबार बस्दैछ । एन्फाका प्रवक्ता किरण राईका अनुसार अनुशासनहीन काम गर्ने राष्ट्रिय टोलीका चार खेलाडीको विषयमा अनुसन्धान गर्न एन्फाको बैठक बस्न लागेको हो ।

sdfg

बैठकबाट उनीहरूलाई पूर्ण रूपमा बर्खास्त गर्ने वा के गर्ने भन्ने विषयमा टुंगो लाग्ने प्रवक्ता राईले बताए । ‘हामी अहिले चार खेलाडीको विषयलाई लिएर बैठक बस्दैछौं,’ राईले कोशी अनलाइनसँग भने, ‘यो बैठकले उनीहरूलाई के कति कारवाही हुनेछ भन्ने विषयमा टुंगो लगाउनेछ । उनीहरूलाई प्रतिबन्ध हुने वा नहुने भन्ने कुरा यो बैठकले निर्क्यौल गर्नेछ ।’

नेपाली फुटबलर विमल घर्तीमगर र अञ्जन विस्टसहित चार खेलाडीलाई एन्फाले कारवाही गरेको हो । विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै एन्फाले कारवाही गरेको हो । शुक्रबार अर्थात् अघिल्लो राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएपछि विमल र अञ्जन विष्टका साथै मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कारबाहीमा परेका हुन् ।

sdf

बन्द प्रशिक्षणमा रहेका उनीहरू राति ठमेलस्थित लञ्च बारमा गएको भेटिएपछि चारै जना खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्न पाएनन् । एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरूलाई कुवेतविरुद्ध खेल्ने टिमबाट हटाएको हो । कुवेतविरुद्ध खेल्ने नेपाली टोली शनिबार ३ बजे भुटान प्रस्थान गरेको थियो ।

ठमेलका धेरै क्लब डुलेर रात बिताएका उनीहरूले मदिराको नशा उत्रन नपाउँदै बिहान बिदाइ कार्यक्रममा सहभागी हुन एन्फा पुगेका थिए । त्यसपछि प्रशिक्षक कालिनले बोलाएर सोधपुछ गर्दा उनीहरूले रातको समय क्लबमा बिताएको स्वीकार गरेका थिए ।

यसअघि पनि विमलसहित राष्ट्रिय टिमका खेलाडी बन्द प्रशिक्षणमै रहेको बेला राति डिस्कोमा गएर अनुशासनहीन कार्य गरेको भेटिएको थियो । तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो ।

सम्बन्धित समाचार : राति डिस्कोमा भेटिएपछि विमल र अञ्जनसहित चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त !

Loading...