fbpx

खोटाङमा ब्रेक फेल भइ ट्याक्टर भिरबाट खस्दा १ जनाको मृत्यु

खोटाङ, १ मंसिर । खोटाङमा ब्रेक फेल भइ ट्याक्टर भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ । खोटाङको रावावेशी गाउँपालिका–३ मा भएको उक्त दुर्घटनामा परी चालक थुलुङ दूधकोशी गाउँपालिका–४ का १८ वर्षीय निङमा तामाङको मृत्यु भएको हो ।

शनिबार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका–३ को जयरामघाटबाट ऐँसेलुखर्कतर्फ जाँदै गरेको स१च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएका तामाङको उपचारको लागि हलेशीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

Loading...