fbpx

सरकारको विरोधमा टपलेस भइन् गायिका

चिली १ मंसिर । चिलीकी एक गायिकाले मोन लाफर्तेले सरकारको विरोध गर्न ल्याटिन ग्य्रामी अवार्ड शोमा टपलेस भएकी छिन् ।

लस भेगसमा ३५ वर्षीया गायिका तथा गीतकार मोन लाफर्ते रेड कार्पेटमा अवार्ड लिन जाँदा उनले चिली पुलिसको क्रुरताको विरोधमा छातिमा लेखेको नारा ज्याकेट खोलेर टपलेस हुँदै देखाएकी हुन् ।

अवार्ड लिन जाँदा रेड कार्पेटमा एक छिन रोकिएर ज्याकेट खोलेर छातिमा लेखेको सन्देश (चिलीमा रेप, हत्या लगायतको घटना बढेको ) देखाएकी हुन् । चिलीमा एक महिना भन्दा लामो समयदेखि आन्दोलन चलिरहेको छ ।

विरोध प्रदर्शनमा २० भन्दा धेरैजनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले बलात्कार गर्ने तथा हिंसा भड्काउने गरेको आरोप लाग्दै आएको छ । यस्तै प्रहरीले चलाएको पेलेट गनको कारण सयौँको आखा गुमेको र हजारौँलाई गिरफ्तार गरिएको छ । चिलीमा खेलाडी, कलाकार लगायतकाले आन्दोलनको समर्थन गरेका छन् ।

Loading...