fbpx

इजरायल नष्ट गर्ने खमेनईको चेतावनी

तेहरान १ मंसिर । इरानका सर्वाेच्च नेता अयतोल्लाह अली खमेनईले इजरायल नष्ट गर्ने बताएका छन् । उनले इजरायल मुलुक नष्ट गरेपनि यहुदीहरुलाई नष्ट गर्ने भन्ने नभएको उनले बताए ।

उनले इजारायल नष्ट गरि प्यालेस्टाइन बनाउन चाहेको बताएका हुन् । इरानले इजरायललाई मुलुकका रुपमा मान्यता दिएको छैन् । इरान प्यालेस्टाइनको पक्षमा छ । इजरायललाई इरानले मध्यपूर्वमा दुस्मनका रुपमा हेर्ने गर्छ ।

तेहरानमा आयोजित एक इस्लामिक सभामा खमेनईले प्यालेष्टाइनमा यहुदी, मुस्लिम तथा इसाई जुनसुकै धर्मको भएपनि आफ्नो सरकार चुन्न पाउने अधिकार हुनु पर्ने उनले बताए । खमेनईले पश्चिमी शक्ति इरानको परमाणु कार्यक्रम रोक्न लागेको भन्दै आलोचना गरे ।

परमाणु उर्जा असैन्य क्षेत्रमा इरानलाई चाहिएको भन्दै उनले परमाणु उर्जामा पश्चिमा राष्ट्रले एकाधिकार राख्न खोजेको भन्दै आलोचना गरे । अमेरिकाले परमाणु उर्जाकै विषयलाई लिएर इरानमा विभिन्न खालका प्रतिबन्ध लगाएको छ ।

सन् १९७९ मा इरानमा भएको क्रान्ति पछि कट्टरपन्थि सत्ताले इजरायल नष्ट गर्ने बताउदै आएको छ । इरानका अनुसार इजरालयले मुस्लिम भूमि कब्जा गरेको हो । यही कारण उसले इजरायललाई आफ्नो दुस्मन मान्छ ।

अर्काे तर्फ इजरायल पनि इरानलाई खतराको रुपमा हेर्ने गर्छ । इजरायल इरानको परमाणु हतियारको विरोध गर्दै आएको छ । मध्यपूर्वमा इरानको असर बढेपछि इजरायल चिन्तित छ ।

Loading...