fbpx

बिगो रकम तिर्न अटेर गर्ने व्यापारी पक्राउ

विराटनगर १ मंसिर । अदालतले फैसलाअनुसारको २ लाख रुपैयाँ बिगो रकम बुझाउन अटेर गर्ने विराटनगरका व्यापारी लाई प्रहरीले पक्राउ गरेको छ ।

लेनदेन मुद्दामा भएको फैसलाअनुसार जिल्ला अदालत मोरङले तामेल गरेको म्यादभित्र बिगो जरीवाना बुझाउन अटेर गर्ने विराटनगर – ७ मेनरोडका ४१ वर्षीय अंकित भनिने नरेशकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । अग्रवालले विराटनगरमा जयदीप टे«डर्स नामको पसलमार्फत एलजीको डिलर संचालन गर्छन ।

अदालतको परिपत्र आएपछि मोरंङ प्रहरीले अग्रवालालाई शुक्रबार पक्राउ गरेको थियो । नगेन्द्र ठकुरीले व्यापारी अग्रवाललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा दर्ता गराएको ‘लेनदेन बिगो’ मुद्दामा ६ मंसिर २०७५ मा अदालतले बिगो रकम प्रतिवादीबाट भराउन फैसला गरेको थियो ।

व्यपारी अग्रबाल आइतावार २ लाख रुपैया बिगो बुझाएर थुना मुक्त हुन सक्नेछन । बिगो नबुझाएमा उनले २ बर्ष कैद सजाय भुक्तान गर्नु पर्नेछ ।

Loading...