fbpx

पोखरेलको ‘तिम्रो यादमा’ गजलसंग्रहको विमोचन

विराटनगर, १ मंसिर ।  गजलकार तारानाथ पोखरेलको ‘तिम्रो यादमा’ गजलसंग्रह विराटनगरमा विमोचन गरिएको छ ।

विराट साहित्य संगमले शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ एनपी आचार्यले संग्रहको विमोचन गरे । ‘तिम्रो यादमा’ पोखरेलको दोस्रो कृति हो । यसअघि २०७१ म ‘सितारा’ गजलसंग्रह प्रकाशित भइसकेको छ । शृंगारिकसहित समसामयिक विषयमा गजल लेख्न रुचाउने पोखरेलको विमोचित कृतिभित्र ५२ वटा गजल छन् ।

विमोचित गजलसंग्रहका विषयमा गजलकार मधु पोखरेल र हरि कट्टेलले समीक्षा गरेका थिए । कार्यक्रममा कृतिकार पोखरेललाई आयोजक संस्थाले सम्मान गरेको थियो । सोही अवसरमा आयोजित सिर्जना वाचनमा लावण्य सापकोटा, कृष्णराज कोइराला, लक्ष्मी श्रेष्ठ, हरिप्रसाद बराल, नवराज घिमिरे, मुनाल पोखरेल, पदम भट्टराई, मीनकुमार नवोदित, भरत गुरागाईं, मधु खनाल, विमला चिमरिया, कविता केशरी, लीला बराल, भीम कोइरालाले आ–आफ्ना सिर्जना सुनाए ।

विराट साहित्य संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्य गोष्ठी गर्दै आएको छ । गोष्ठीले नयाँ र पुराना स्रष्टाहरूलाई जोड्ने काम गरेको संगमका अध्यक्ष ऋतु आसीकले बताए ।

Loading...