fbpx

शानदार जित निकाल्दै जर्मनी युरो कपमा छनौट

विराटनगर, १ मंसिर । जर्मनी सन् २०२० मा आयोजना हुने युरो कपमा छनोट भएको छ । शनिबार राति भएको खेलमा बेलारुसविरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै जर्मनी युरो कपमा छानिएको हो ।

af

ऊ समूह ‘सी’को विजेताको रूपमा युरो कपमा छानिएको हो । सो समूहबाट १८ अंकसहित ऊ समूह विजेता भयो । आफ्नै मैदानमा भएको खेलमा बेलारुसविरुद्ध जित निकाल्दा टोनी क्रुसले २ गोल गरे भने माथियास जिन्टर र लियोन गोरेट्काले समान एक–एक गोल गरे ।

खेलको ४१औं मिनेटमा जिन्टरको गोलमा जर्मनीले सुरुआती अग्रता बनाएको हो । यस्तै खेलको ४९औं मिनेटमा गोरेट्काले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५५औं मिनेट र ८३औं मिनेटमा क्रुसले गोल गरेपछि जर्मनीले ४–० गोलान्तरको जित दर्ता गरेको हो ।

Loading...