fbpx

हाजार्ड र उनका भाइ चम्किएपछि बेल्जियमको सहज जित

विराटनगर, १ मंसिर । आगामी वर्ष हुने युरो कपको छनौट खेलमा बेल्जियमले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको हो ।

रुसको घरेलु मैदानमा भएको सो खेलमा बेल्जियमलाई जिताउन इडेन हाजार्डले २ गोल गरे भने थोर्गान हाजार्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । यस्तै रुसका लागि जियोर्जी डीजिकियाले एक गोल फर्काए । बेल्जियमले थोर्गान हाजार्डको गोलमा अग्रता बनाएको थियो । उनले खेलको १९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

यस्तै खेलको ३३औं मिनेटमा र ४०औं मिनेटमा इडेन हाजार्डले गोल गरेपछि पहिलो हाफभरि बेल्जिमले ३–० गोलको अग्रता बनाएको थियो । त्यसपछि खेलको ७२औं लुकाकुले गोल गर्दै टोलीलाई ४–० गोलले अगाडि बढाए । खेलको ७९औं मिनेटमा रुसका डीजिकियाले गोल गर्दै टोलीलाई फर्काएने कोसिस गरेता पनि बाँकी समय गोल गर्न नसक्दा बेल्जियमले सो खेल जित्यो ।

जितसँगै बेल्जियमले ९ खेलबाट २७ बनाएको छ । यसअघि नै युरोकपमा छनोट भइसकेको बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससँग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ ।

Loading...