fbpx

बजारको माग अनुसार शिक्षा दिन आवश्यक – मन्त्री घिमिरे

विराटनगर ३० कात्तिक । माग र आवश्यकता अनुरुप शिक्षा दिनुपर्नेमा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जोड दिएका छन् ।

निहारिका कलेज विराटनगरको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको बताउँदै अब माग र आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिन आग्रह गरेका हुन् ।

माग अनुसारको जनशक्ति उत्पादन भए बेरोजगारको समस्या समाधान हुने उनको भनाई छ । मन्त्री घिमिरेले समृद्धिको आधार कृषि, जलस्रोत र पर्यटन रहेको भन्दै यही क्षेत्रमा खपत हुने जनशक्ति उत्पादन गर्न पनि आग्रह समेत गरे ।

नेहारीका कलेजले नयाँ आएका विद्यार्थीहरुलाई कलेज तथा पढाइ हुने बिषयमा पनि जानकारी गराएको थियो । कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विद्यालयका क्याम्पस प्रमुख अमित ढकाल, अध्यक्ष रुपेश खतिवडा, मन्त्री घिमिरेलगायतले सम्मान गरे ।

कार्यक्रममा क्याम्सप प्रमुख, प्रदेश १ का मुख्य सचिव सुरेस अधिकारी कलेजका सञ्चालक दिपेश बास्तोला र सिवील बैंक प्रदेश १ का प्रमुख सन्तोष वुढाथोकीलगायतले बालेका थिए ।

Loading...