fbpx

पर्यटन पत्रकार संघको अध्यक्षमा पन्त

काठमाडौं ३० कात्तिक । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पाख्रिन, शिव बस्नेत र जुली गुरुङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष पन्तले पर्यटन पत्रकार संघलाई देशव्यापीरुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफल पार्न प्रवर्द्धनात्मक कार्य गर्ने प्रतिकृया दिए ।

Loading...