fbpx

प्रधानमन्त्रीको तेश्रो डायलासिस गरियो

काठमाडौं ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा समस्या देखिएपछि शनिबार तेश्रो पटक डायलसिस गरिएको छ ।

काठमाण्डौंको ग्रान्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको तेस्रो पटक होमोडायलसिस गरिएको हो । यस अघि १२ र १३ कात्तिकमा ओलीको मिर्गौलाको ग्राण्डी अस्पतालमै डायलसिस गरिएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा. प्रेमराज ज्ञवालीले जारी गरेको संयुक्त विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ ।

Loading...