fbpx

अर्काे महिना ट्रम्पको बेलायत भ्रमण हुने

अमेरिका ३० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत भ्रमणमा जाने भएका छन् ।

नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको र उनले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्ने ह्वाईट हाउसले जनाएको छ । ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि बेलायत जाने जनाएको छ ।

आउँदो डिसेम्बर २ देखि ४ तारिखसम्म उनी भ्रमणमा जाने भएका हुन् । भ्रमणका क्रममा उनले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने कार्यक्रम छ ।

Loading...