fbpx

डोरी तानेर वन पैदावार उद्योग संघले जित्यो ५१ हजार र शिल्ड (फोटो फिचरसहित)

रंगेली, ३० कात्तिक । शनिवार विराटनगरमा आयोजना भएको मोरङस्तरीय डोरीतान प्रतियोगितामा वन पैदावार उद्योग संघ मोरङ प्रथम भएको छ । शहीद रंगशालामा आयोजना भएको प्रतियोगितामा विराटनगरको मोर्डनएरा स्कूललाई पराजित गर्दै वन पैदावार उद्योग संघ मोरङ प्रथम भएको हो ।

df

विजेता टिमले नगद ५१ हजार र उपविजेता मोर्डनएरा स्कूलले ३१ हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । विजेतालाई विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पुरस्कार र ट्रफी प्रदान गरेका थिए । विराटनगरको शहीद रंगशालामा आयोजना भएको डोरीतान प्रतियोगितामा विभिन्न १४ वटा पेशागत टिमले भाग लिएका थिए । उक्त डोरी तान अर्थात् टग अफ वार नकआउट प्रतियोगितामा पत्रकार, उद्योगी, व्यापारी, सांसद, वन उपभोक्ता, कर्मचारी, शिक्षकहरूका संघसंस्थाहरुले भाग लिएका थिए ।

sad

राष्ट्रियसभाका संसाद खेम नेपाली र प्रदेश सभाका सांसद लीलाबल्लभ अधिकारीको पहिलो टिमबीच प्रतिस्पर्धा गरेर खेल उद्घाटन भएको थियो । उद्घाटन खेलका रेफ्री प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बनेका थिए । उनैले सिटी बजाएर प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन खेलमा राष्ट्रियसभा सदस्य नेपालीको टिम पराजित भयो । नयाँ प्रकारको भएकोले डोरीतान प्रतियोगितामा भाग लिन पेशागत संगठनहरू निक्कै उत्साहित देखिन्थे । प्रतियोगितामा उद्योग संगठन मोरङ, एक नम्बर प्रदेशसभा कर्मचारी, मोरङ व्यापार संघ, मनमोहन पोलिक्लिनिक, मानगढ खानेपानी, वन पैदावार उद्योग संघलगायतका संघसंस्थाका टिमहरूले भाग लिएका थिए ।

df

पौराणीक खेल डोरीतान ‘टग अफ वार’ को प्रवर्द्धन गर्न डोरीतान समिति मोरङको समन्वयमा डोरीतान विराटनगरले आयोजना गरेको थियो । डोरीतान प्रतियोगितालाई ‘टग अफ वार’ भनिन्छ ।

;jh

dfsg

तस्बीर-यज्ञ अधिकारी

Loading...