fbpx

रियल मड्रिडभन्दा वेल्समा खेल्दा म धेरै उत्साहित हुन्छु : बेल

एजेन्सी, ३० कात्तिक । वेल्सका स्टार ग्यारेथ बेलले आफू रियल मड्रिडको तुलनामा राष्ट्रिय टोलीबाट खेल्दा धेरै उत्साहित हुने बताएका छन् । युरो कप छनौटअन्तर्गत अजरबैजानसँग भिड्नुअघि रियलका स्टार खेलाडी बेलले क्लबबाट भन्दा वेल्सबाट खेल्दा ज्यादा उत्साहित हुने बताएका हुन् ।

asf

सन् २०२० मा हुने युरो कपको छनौट खेलअन्तर्गत नेपाली समयअनुसार १०ः४५ बजे वेल्सले अजरबैजानसँग खेल्न लागेको हो । यो खेल खेल्दा उनी क्लबको तुलनामा धेरै उत्साहित हुने बताउँछन् । ‘साँच्चै नै म वेल्सका लागि खेल्न पाउँदा धेरै खुशी हुन्छु’, उनले भने, ‘मसँग मेरा पुराना सहकर्मीहरू छन्, जोसँग मैले यू–१७ मा खेलेको थिएँ । म आफ्ना पुराना साथीहरूसँग खेल्न पाउँदा हर्षित हुन्छु ।’

‘वेल्समा हुँदा, मलाई लाग्छ कि म सहज अनुभूति गर्छु’ उनले थपे, ‘म यो सहजता मैदानमा पनि कायमै राख्छु । म यहाँ हुँदा आफ्नो १०० प्रतिशत दिन्छु । यद्यपि, मड्रिडमा पनि यस्तै हुन्छु । तर, यहाँ जत्तिको सहजता रियलमा लाग्दैन । त्यहाँ त्यत्ति उत्साहित हुन्नँ ।’

Loading...