fbpx

सन्दकपुरमा विद्यार्थीले फहराए नेपाली झण्डा (फोटो फिचर)

इलाम, ३० कात्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले भारतले मिचेको नेपाली भुमि सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको छ । इलामको सन्दकपुर गाउँपालिका– ४ मा भारतले मिचेको भुमिमा अनेरास्ववियू इलाम जिल्ला कमिटिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग प्रतीकार गरी शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएको हो ।

उक्त भूमि केही समयअगाडि गाउँपालिकाले निर्माण सुरु गरेको भ्यूटावर निर्माण अवरुद्ध गरी भारतले कब्जा गरेको थियोे । भारतले मिचेको गरेको नेपाली भूमिमा अनेरास्ववियूले नेपालीको राष्ट्रिय झण्डा फहराएको हो । सो क्रममा एसएसबीले बल प्रयोग गरेपछि अनेरास्ववियू र एसएसबीबीच सामान्य झडपसमेत भएको विद्यार्थी नेता रवीन्द्र सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन् ।

उनका अनुसार झडपमा एसएसबीका एक जवान सामान्य घाइते भएका छन् । यस्तै सो क्रममा अनेरास्ववियूले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको बोर्डसमेत भत्काएर फ्याँकिदिएका छन् । भारतद्वारा कब्जा गरिएको नेपाली भूमिमा राष्ट्रिय झण्डा फहराएपछि विद्यार्थीहरूले नाराजुलुस पनि गरेका थिए ।

 

भारतले कव्जा गरेको नेपाली भुमि सन्दकपुरमा अनेरास्ववियुले राष्ट्रिय झन्डा फहरायो ।। इलामको सन्दकपुर गाउँपालिका वडा नः४मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतिय सिमा सुरक्षा वल (ssb) संग प्रतिकार गरि अाज सनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको छ । केही समय अगाडि गांउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूध्द गरि भारतले कव्जा गरेको थियोे ।सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (ssb) ले वल प्रयोग गरेपछि (ssb) अनेरास्ववियु का विचमा सामान्य झडप समेत भएको थियो । झडपमा सिमा सुरक्षा वल (ssb) का एक जवान सामान्य घाइते भएका छन ।अनेरास्ववियृका विधार्थी ले भारत ध्दारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस पनि गरेका थिए ।।।

Posted by सुशान्त चापागाईं on Saturday, November 16, 2019

Loading...