fbpx

राति डिस्कोमा भेटिएपछि विमल र अञ्जनसहित चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त !

काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलर विमल घर्तीमगर र अञ्जन विस्टसहित चार खेलाडीलाई राष्ट्रिय टोलीबाट बर्खास्त गरेको छ । विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै एन्फाले बर्खास्त गरेको हो ।

agdsg
विमल घर्तीमगर

शुक्रबार अर्थात् अघिल्लो राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएपछि एन्फाले विमल र अञ्जन विष्टका साथै मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कारबाही गरिएको जनाएको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडी राति ठमेलस्थित लञ्च बारमा गएको भेटिएपछि खेलाडीलाई कारबाही गरिएको एन्फाले जनाएको छ ।

sdf
दिनेश राजवंशी

कारबाहीमा परेका विमलसहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरूलाई टिमबाट बर्खास्त गरेको हो । यसअघि पनि विमलसहित राष्ट्रिय टिमका खेलाडी बन्द प्रशिक्षणमै रहेको बेला राति डिस्कोमा गएर अनुशासनहीन कार्य गरेको भेटिएको थियो । तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो ।

asf
अञ्जन विस्ट

सोही कार्य दोहोरिएपछि एन्फाले चारै जना खेलाडीलाई बर्खास्त गरेको हो । कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

सन्तोष तामाङ
Loading...