fbpx

‘अब राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैैन’

दकम, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् । झापाको दमकमा शनिबार युथ नेटवर्कले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन् ।

नेता नेम्वाङले अब देशलाई राजनीतिक आन्दोलन जरुरी नभएको दाबी गर्दै देश नयाँ युगमा अघि बढिसकेकाले अब राजनीतिक परिवर्तन होइन, देशको विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने दिन आएको बताए ।

राजनीतिक परिवर्तनका लागि देशमा छ दशक बढी विभिन्न प्रकारका आन्दोलन र सङ्र्घष भएका उल्लेख गर्दै उनँले छ दशक लामो समयदेखिको उपलब्धिका रुपमा देशले गणतान्त्रिक संविधान पाएको र त्यसलाई संस्थागत गर्दै देशलाई विकास र समृद्धितर्फ रुपान्तरण गर्न सबै एकजुट हुनुपर्नेेमा जोड दिए । रासस

Loading...