fbpx

प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली नियिमित स्वास्थ्य जाँचका लागि शनिबार बिहान ग्रान्डी अस्पताल पुगेका हुन् ।

नियमित स्वास्थ्य जाँजका लागि प्रम ओली ग्रान्डी आएको र आजै उनी फर्किने सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलामा राखिएको स्टेन्ट निकाल्ने र अन्य जाँच हुनेछ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ओलीलाई पिसाब फेर्न समस्या भएपछि कात्तिक १३ गते प्रधानमन्त्रीको युरेटरमा ‘स्टेन्ट’ राखिएको जनाएको थियो ।

Loading...