fbpx

इमर्जिङ एसिया कप : शरदको अर्धशतकमा हङकङसामु नेपालको २ सय १८ रनको लक्ष्य

विराटनगर, ३० कात्तिक । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेलिरहेको छ । ढाकामा भइरहेको उक्त खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा दुई सय १७ रन बनायो । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरे ।

asf

शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए । शरदले चौंथो विकेटका लागि आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए ।

नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो । यस्तै विनोद भण्डारीले १५ रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २र२ ट लिए ।

Loading...