fbpx

कीर्तिपुर मैदानमा लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकर

विराटनगर, ३० कात्तिक । विश्व क्रिकेटका कीर्तिमान कायम गर्न सफल भएका भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आएका छन् । युनिसेफले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुनका लागि सचिन शुक्रबार बेलुका नेपाल आएका हुन् ।

सचिनले शनिबार बिहान टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । युनिसेफको सद्भावना दूत रहेका सचिन युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका हुन् ।

asdf

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो । सचिन नेपाल आएकै दिन भारत फर्कने कार्यक्रम रहेको छ । सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई धेरै सहयोग गरेका थिए ।

sdaf

Loading...