fbpx

मकवानपुरमा घरको पर्खालले किचेर बुद्ध लामाको मृत्यु

मकवानपुर, ३० कात्तिक । मकवानपुरमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । रासस

Loading...