fbpx

श्रीलंकामा राष्ट्रिपतिको निर्वाचन आज

विराटनगर ३० कात्तिक । श्रीलंकामा आज (शनिबार) राष्ट्रपतिको लागि मतदान हुदैछ । निर्वाचन आयोगका अनुसार ३५ उम्मेदवारले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् ।

तर यी मध्ये हालका आवासमन्त्री सजित प्रेमदासा र पूर्वगृह सचिव गोतबया राजपक्षेबीच प्रतिस्पर्धा हुने अनुमान छ । श्रीलंकामा नयाँ बन्ने राष्ट्रपतिले लागि अति नै चुनौतिको समाना गर्नु पर्ने देखिन्छ । २०२० मा हुने संसदीय निर्वाचन र देशको अर्थव्यवस्थामा आएको सुस्तता र भ्रष्टाचार श्रीलंकाको समस्याका रुपमा रहेको छ ।

गत अप्रिलमा इस्लामिक स्टेट (आईएस)ले इस्टर सन्डेको दिन चर्च र होटलमा बम विस्फोट गराएपछि अर्थव्यवस्थाको महत्वपूर्ण पर्यटन उद्योग धरासयी भएको छ । बम हमलामा २५० जनाको मृत्यु भएको थियो । २.१ करोड जनसंख्या रहेको श्रीलंकामा १.६ करोड मतदाता रहेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन खसेको कुल मतबाट ५० प्रतिशत मत आवश्यक हुन्छ । यदी ५० प्रतिशत मत नआएमा दोश्रो र तेश्रो स्थानमा रहेकाहरुको मतका आधारमा विजेता चयन हुन्छ ।

निर्वाचनमा गोतबया राजपक्षे र सजित प्रेमदासाबीच कडा टक्कर हुने देखिन्छ । वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यो पटक निर्वाचनमा भाग लिएनन् । उनको श्रीलंका फ्रिडम पार्टीले राजपक्षेलाई समर्थन गरेको छ । राजपक्षे पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका भाइ हुन् । उनलाई देशमा रहेको लामो गृहयुद्ध समाप्त गरेको श्रेय जान्छ ।

तर राजपक्षे दाजुभाइलाई युद्ध अपराधको अरोप समेत लाग्ने गरेको छ । गोतबया राजपक्षे र उनको पार्टी श्रीलंका पोदुजना पेरमुना (एसएलपीपी) पार्टी अल्पसंख्यकप्रति कठोर रहेको भन्दै आलोचना हुने गरेको छ । उनी विजयी भएमा देशमा धार्मिक र जातीय तनाव आउन सक्ने आशंका पनि रहेको छ ।

प्रेमदासा नेसनल डेमोक्रेटिक फ्रन्ट (एनडीएफ)का तर्फबाट उम्मेदवार बनेका हुन् । उनको पार्टी दक्षिणपन्थी झुकाव राख्छ । अहिलेको सरकारमा उनलको पार्टी समेत गठबन्धनमा छ । उनका बुबापनि श्रीलंकाका पूर्व राष्ट्रपति हुन् ।

Loading...