fbpx

आईपीएलमा सन्दीप दिल्लीबाटै खेल्ने पक्का

काठमाडौं २९ कात्तिक । यो वर्षको आईपीएलमा नेपालका युवा खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटलबाटै खेल्ने पक्का भएको छ । आईपीएल टिम दिल्ली क्यापिटलले लामिछानेलाई रिटेन गरेको हो ।

गत वर्ष दिल्लीको टिमबाट आईपीएलमा डेब्यू गरेका सन्दीपको चर्चा र व्यस्तता बढेको छ । दिल्लीले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीपसँगै कागिसो राबाडा र केमो पल गरि ३ विदेशी खेलाडी छन् । अन्य ११ जना भारतीय खेलाडी छन् ।

दिल्ली डेयरडेभिल्स ( अहिलेको दिल्ली क्यापिटल)ले उनलाई आईपीएलको सबै भन्दा न्युनतम मुल्य २० लाख भारुमा नै खरिद गरेको थियो । उनको यो मुल्य पनि २० लाख नै कायम भएको छ । दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता गरेको र वर्ष पनि रिटेन गर्दा उनको मूल्य भने बढेन्।

Loading...