fbpx

क्रिकेटमा नेपाल पराजित

हैदराबाद २९ कात्तिक । भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

भारतको हैदराबादमा भएको लिग चरणको अन्तिम खेलमा बिहीबार भारतको ‘बी’ टोलीसँग दुई विकेटले नेपाल पराजित भयो । यो नेपालको लगातार तेस्रो हार हो । नेपालले दिएको २ सय ११ रनको लक्ष्य भारतले ४६ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालले यसअघि पहिलो खेलमा भारत ‘सी’सँग १० विकेटले तथा दोस्रो खेलमा भारत ‘ए’सँग १ सय ७ रनले हार ब्यहोरेको थियो ।

Loading...