fbpx

अमेरिकमा विद्यालयमा छात्रले चलाएको गोली लागेर दुई विद्यार्थीको मृत्यु

सान्ता क्लारिटा २९ कात्तिक । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियाको एक विद्यालयमा १६ वर्षे छात्रले विद्यालय भित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । तीन जना विद्यार्थी पनि घाइते भएका छन् ।

बिहीबार साथीहरुलाई पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा नियन्त्रणमा लिएको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । विगत दुई दशकमा अमेरिकी स्कुलहरुमा भएका “मास सुटिङ” मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ ।

प्रहरी अधिकृत केन्ट वेगेनरले एसियाली मूलका एक किशोरले झोलामा लुकाएर ल्याएको पेस्तोलझिकेर साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनशायले आफैंलाई गोली हानेको बताए । मृत्यु हुनेहरुमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेहरुमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिकाहरु रहेका छन् ।

Loading...