fbpx

मह जोडीलाई ‘सूर्य रत्न’ सम्मान

विराटनगर, २९ कात्तिक । वरिष्ठ हास्यकलाकार मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आयोजित हुन लागेको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ ले सुर्यरत्न अवार्ड प्रदान गर्ने भएको छ ।

२४ नोभेम्बरमा जापानको टोकियो सहरमा हुन लागेको अवार्ड कार्यक्रमले यस वर्षको ‘सूर्य रत्न सम्मान २०१९’ बाट मह जोडीलाई सम्मानित गर्न लागिएको हो । मह जोडीका फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम अचिभमेन्ट अवार्ड’, रंग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुदेवीलाई ‘सूर्य पत्रकारिता पुरस्कार’बाट सम्मान गरिने बएको छ ।

साथै क्याप्टेन विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’बाट सम्मानित गरिने बताइएको छ । अवार्ड नोमिनेशनमा परेकाहरूलाई आयोजक टिमले आफ्नै खर्चमा टोकियो लाने भएका छन् । अभिनय, गायन, नृत्य तथा हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र भव्यताका साथ कार्यक्रम सम्पन्न गरिने आयोजकले बताएका छन् ।

Loading...