fbpx

पृथ्वीराजमा अक्षय कुमारको अपोजिटमा मानुषी पक्का

विराटनगर, २९ कात्तिक । ‘मिस वर्ल्ड २०१७’ मानुषी छिल्लरको बलिउडमा डेब्यू गर्ने पक्का भएपनि कुन फिल्मबाट डेब्यू गर्ने कुराको धेरै नै चर्चा चलिआएको छ । धेरै कलाकार तथा विभिन्न फिल्महरूमा नाम जोडिए पनि उनले कुन फिल्मबाट डेब्यू गर्ने कुरा सार्वजनिक भएको थिएन ।

तर, अब मानुषीले सन् २०२० को तिहारमा रिलिज हुन लागेको बलिउडका चर्चित अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहने फिल्म ‘पृथ्वीराज’बाट बलिउडमा डेब्यू गर्ने पक्का भएको छ । यशराज ब्यानरले फिल्ममा मानुषी पक्का भएको जानकारी दिएको छ । बलिउडमा डेब्यू गर्दै उनी अभिनेता अक्षय कुमारको अपोजिटमा देखिने भएकी छन् ।

dsf

फिल्ममा धेरै जसो पृथ्वीराज र कनौजकी राजकुमारी संयोगिताको प्रेमकथा देखाइने भएको छ । फिल्ममा पृथ्वीराजको भूमिकामा अक्षय र संयोगिताको भूमिकामा मानुषीले निर्वाह गर्दै छन् । मुख्य भिलेन मोहम्मद गौरीको रोलमा भने मानव विज देखिने भएका छन् ।

भारतका महान राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेको फिल्मको निर्माण यशराज फिल्म्सले गर्ने भएको छ । डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको फिल्मलाई आउँदो दीपावलीमा प्रदर्शन गर्ने तय गरिएको छ । फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ ।

Loading...