fbpx

प्रियंका र निकले किने १ सय ४४ करोडको घर

विराटनगर, २९ कात्तिक । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले अमेरिकाको लस एन्जलसमा नयाँ घर किनेका छन् । उनले बेवर्ली हिल्समा रहेको घर बेचेर १ सय ४४ करोड भारुको घर खरिद गरेको कुरालाई प्रियंकाकी आमा मधु चोपडाले पुष्टि गरेकी छन् ।

नेपाली दुई अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको उक्त आलिसान घरमा ७ बेडरुम र ११ बाथरुम, क्वालिटी वेट बार, मुभी थिएटर, लाउज एरिया, रेस्टुरेन्ट, बास्केट बल कोर्ट, गेम्स रुम, जिमखाना, गेस्ट रुम तथा स्विमिङ पुलसमेत रहेको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

घर करिव २० हजार स्क्वायर फिटमा फैलिएको जनाइएको छ । एक अन्तर्वार्तामा प्रियंकाले विवाह गरेपछि आफ्नै राम्रो घर खरिद गर्नु र आमा बन्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी थिइन् । प्रियंका र निकले सन् २०१८ मा विवाह गरेका हुन् ।

Loading...