fbpx

नेपालद्वारा भारतलाई २ सय ११ रनको लक्ष्य

विराटनगर, २९ कात्तिक । भारतमा भइरहेको यू–१९ च्यालेञ्जर्स ट्रफीअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल खेलिरहेको छ । विजयवाडामा भइरहेको यस खेलमा नेपालले भारत ब्लू टिमलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रित गौतमले ८४ रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको रन बनाउन पाएनन् । यस्तै शेर मल्लले ३३ रन बनाउँदा हरिबहादुर चौहानले २० रन बनाए भने आकाश चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए ।

भारतका दिभ्यांश जोशी र अथर्व विनोद अन्कोलेकरले समान २–२ विकेट झारे भने अकिव खान, विवेक कुमार र आरएम विष्नोईले समान एक–एक विकेट लिए ।

अघिल्ला दुई खेलमा हार ब्यहोरेको नेपालले तेस्रो खेलमा भारतको ‘बी’ टिमविरुद्व खेलिरहेको छ । यसअघि नेपाल भारतको ‘सी’ टिमसँग १० विकेटले हारेको थियो भने भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

Loading...