fbpx

अध्ययनको निष्कर्ष : गर्मीले मानिसको सोच्ने क्षमतामा कमी हुने

विराटनगर, २९ कात्तिक । गर्मीमा बस्ने मानिसहरूलाई स्वास्थ्यमा मात्र नभएर मानिसहरुको दिमागलाई पनि त्यतिकै असर पुर्याइरहेको हुन्छ । गर्मीमा बस्ने मानिसहरूको दिमागमा चिसो तथा ठिक्क तापक्रम भएको ठाउँमा बस्ने मानिसहरूको सोच्ने क्षमता १३ प्रतिशतले ह्रास आउने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

४४ विद्यार्थीहरू माथि गरिएको उक्त अनुसन्धानमा गर्मीले मानिसहरूको सोच्ने क्षमतामा ह्रास ल्याउने हार्भर्ड युनिभर्सिटीका अध्ययनकर्ताले जानकारी दिएका हुन् । अनुसन्धानका लागि ४४ विद्यार्थीमध्ये आधालाई एयर कन्डिसनर भएको कोठामा राखियो भने आधालाई साधारण गर्मी हुने कोठामा राखिएको थियो ।

त्यसपछि १२ दिनसम्म उनीहरुलाई उठ्नेबित्तिकै आफ्नो फोनमा दिमाग लगाउनुपर्ने कार्य गर्न लगाइएको थियो । एयर–कन्डिसनिङमा भएका विद्यार्थीले उक्त कार्य निकै सजिलै गर्न सके भने सामान्य तापक्रममा बस्ने १३.४ प्रतिशत विद्यार्थीको प्रतिक्रिया निकै खराब रहेको देखियो ।

सन् २०१६ मा गरिएको उक्त अध्ययनले मानिसको दिमागी क्षमताका साथ साथै सामाजिक आर्थिकसम्बन्धी एउटा तथ्यसमेत फेला पार्न सफल भएको छ । यदि, कोही गरिब भएर एयर कन्डिसनिङ किन्ने सामथ्र्य राख्दैन भने गर्मीका कारण दिमागले काम गर्न नसक्ने हुँदा उक्त मानिस अफिस र विद्यालयमा पनि अरुभन्दा पछि पर्ने देखिन्छ ।

Loading...