fbpx

‘गुड न्यूज’ को पोस्टर : बेबी बम्पको बीचमा फसेका अक्षय

विराटनगर, २९ कात्तिक । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । अक्षय आफैँले उनको अधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको पोस्टरमा अक्षय कुमारलाई दुई युवतीको बेबी बम्पको बीचमा फसेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा भने फिल्मका दुई मुख्य अभिनेत्री करीना कपूर र कियारा आडवाणीलाई पनि अटाइएको छ ।

फिल्मको कहानी सरोगेसीमा आधारित रहेको छ । पोस्टर सार्वजनिक भएसँगै दर्शकलाई फिल्मप्रति जिज्ञासा बढेको छ । फिल्म यसै वर्षको क्रिसमस अर्थात् २५ डिसेम्बरका दिन रिलिज हुने भएको छ । अक्षय र करीनाले ‘कमबख्त इश्क’ पछि झण्डै ९ वर्षपछि एकसाथ काम गरेका हुन् ।

Loading...