fbpx

विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट, २९ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ परेका छन् । प्रहरीले जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओली (धमिल) लाई नियन्त्रणमा लिएको हो ।

एराति बाँकेको कोहलपुरबाट उनलाई पक्राउ गरेको हो । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

Loading...