fbpx

नाकबाट रगत बगेमा यस्तो गर्नुहोस्

विराटनगर २९ कात्तिक । धेरै गर्मी भएको कारण, नाकमा ठोक्किएको कारण तथा कहिले कहिँ विना कारण पनि नाकबाट एक्कासी रगत बग्ने गर्छ । कतिपय साना नलीहरू आफै फुट्छन् वा शरीरमा रगतमा हुनुपर्ने प्लेटलेटको कमी हुँदा अथवा रगत जम्न नदिने औषधिको सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहने गर्छ । सामान्य रुघाखोकी बिग्रेर अन्य रोगको संक्रमण भई नाकमा घाउ हुँदा नाकबाट रगत आउन सक्छ ।

नाकमा ट्युमर अर्थात् मासु पलाउने समस्या भएमा पनि नाकबाट रगत आउँन सक्छ । रक्तजन्य रोग, कलेजोको रोग भएका व्यक्तिहरूको पनि नाकबाट बारम्बार रगत आउने समस्या हुन्छ ।

मिर्गौलाको समस्या भएका व्यक्तिहरूमा पनि नाकबाट रगत जाने समस्या भएको पाइएको छ । शरीरमा विभिन्न रोगको असरका कारण रगत पनि कहिले कहिँ हाम्रो नाक बाट आउन सक्छ र यसले दीर्घकालीन रोगको समस्या उत्पन्न गराउन सक्छ ।

नाकबाट एक्कासि रगत बग्दा नाथ्री फुटेको भनिन्छ । नाकबाट रगत आएको खण्डमा पहिले एउटा सुरक्षित ठाँउमा बस्नुपर्छ । त्यसपछि माथि हेरेर हातले नाक केही बेर छोपे पछि तथा औलाले थिचेर नाक बन्द गरेर रगतलाई रोक्नु पर्छ । १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल डाक्टरकोमा गएर जँचाउनु पर्छ । कसैकसैलाई यो समस्या धेरै पटक भइरहन सक्छ ।

Loading...