fbpx

काउसो दलेर लुट्न खोज्ने भारतीय नागरिक पक्राउ

झापा २८ कात्तिक । काउसो दलेर लुट्न खोजेको आरोपमा प्रहरीले झापाको विर्तामोडमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र उनका छोरा १२ वर्षीय तुषार ग्वालालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

छोरीको उपचार गर्न आएका झापाको अर्जुनधारा ६ का बमबहादुर तामाङलाई लुट्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । बिर्तामोड–५ स्थित मनमोहन हस्पिटल अगाडि तामाङलाई काउसो दलेर उनीसँग रहेको ५० हजार रुपैयाँ अनिलले लुट्न खाजेको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताए ।

घटनालगत्तै रंगेहात दुवै जनालाई कागजमा पोको पारेको चार पोका काउसोसहित पक्राउ गरिएको हो । अहिले दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

Loading...